सर्वदलीय बैठक बालुवाटारमा जारी
४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल लगायत सहभागी छन् । त्यस्तै कांग्रेसबाट सभापति शेरवहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, प्रमुख सचतेक बालकृष्ण खाँण लगायतका नेता सहभागीता रहेकाे छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेता बैठकमा सहभागी हुनुहुन्छ । सर्वदलीय बैठकमा राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता पनि सहभागी हुनुभएकाे छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ ।
प्रकाशित मिति : 12:49









