२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

ओलीका देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रः उपप्रधानमन्त्री पोखरेल

४ वैशाख, काठमाडौँ । नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्र भैहरेको बताउनुभएको छ । विगतमा विदेशीको काखमा बसेर उत्पात मच्चाउनेहरूले नै यस्तो गतिबिधि चलाइरहेको उहाँले भनाइ छ ।

उहाँले भन्नुभएको छ ‘कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !!’

प्रकाशित मिति : 10:43