२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज विहान ११ बजेदेखि सर्वदलीय बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि  सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : 09:20