२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माओवादी केन्द्रमा बिलय हुन आतुर एमाले बिरोधीहरूले “फ्लोर-क्रस” गरेः रिमाल

४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्माका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका नेता विष्णु रिमालले कर्णाली प्रदेशको “फ्लोर-क्रस” माओवादी केन्द्रमा बिलय हुन आतुर एमाले बिरोधीहरूको सार्वजनिक उद्घोष भएको बताउनुभएको छ । शुक्रबार मध्यराति सामाजिक सञ्जालमा टिप्पणी सार्वजनिक गर्दै प्रमुख सल्लाहकार रिमालले यस घटनाबाट पार्टी एकताको नाममा भैरहेको षडयन्त्रमा को को छन भन्ने बुझ्न सहज भएको उल्लेख गर्नुभयो ।

उहाँले लेख्नुभएको छ ‘कर्णाली प्रदेशको “फ्लोर-क्रस” फ्लोर-क्रस मात्र हैन, माओवादी केन्द्रमा बिलय हुन आतुर एमाले भित्र रहेका एमाले बिरोधीहरूको सार्वजनिक उद्घोष हो । एमाले समाप्त पार्न “एकता-बिधि-पद्धति”को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?’

प्रकाशित मिति : 09:03