२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए । कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको छ । कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएका हुन् ।

विश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।

प्रकाशित मिति : 17:45