२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार विहान ११ बजे सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

 

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोनमार्फत बैठकमा आउनग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूले टेलिफोन गरेरै बोलाउनुपर्ने नेताहरुलाई फोन गरेरै कुराकानी गर्दै बैठकमा उपस्थित हुन अनुरोध गर्नुभएको थापाले बताउनुभयाे ।

प्रकाशित मिति : 14:42