१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बैंकको शाखा आफ्नो घरमा नराखेको भन्दै कांग्रेस नेता घिमिरेद्धारा अध्यक्षको कार्यकक्ष तोडफोड

१८ असार, काठमाडौँ । आफ्नो घरमा बैंकको शाखा भाडामा राख्न नदिएको भन्दै नेपाली कांग्रेस ललितपुरका सचिव भिमसेन घिमिरेले महांकाल गाउपालिकाका अध्यक्षको कार्यकक्ष तोडफोड गरेका छन । सोमबार दिउँसो अन्दाजी २ः३५ बजेतिर घिमिरेले गाउपालिका अध्यक्ष रामचन्द्र दाहालको कार्यक्ष तोडफोड गर्नुको साथै अध्यक्षलाइ दुव्र्यवहार गरेका हुन ।

उनले गाउँपालिकाको महत्वपूर्ण कागजपत्र समेत च्यातेको महाकाल ४ का वडाध्यक्ष शान्तप्रसाद गौतमले जानकारी दिए । घिमिरेले महाकाल गाउपालिकामा शाखा स्थापना गरेको सनराइज बैकले घिमिरेको घर प्रयोग गर्ने समझौता गरेकोमा उक्त सम्झौता तोडेर अन्यत्र शाखा खोल्न दबाब दिएको भन्दै अध्यक्ष दाहालमाथी घिमिरे जाइलागेका थिए ।

घिमिरे स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउपालिका अध्यक्ष पदका प्रत्याशी हुन । घटनापछि सम्पर्क गर्दा घिमिरेको मोबाइलमा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार २०:२८