२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेकपा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन, यी हुन सदस्यहरू

३ वैशाख, हेटाैँडा । नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बैठकले विधानमा केही संशाेधन गर्दै संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रदेश सदरमुकाम हेटाैँडामा भएको संसदीय दलको बैठकले बोर्ड गठनको निर्णय गरेको दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार बोर्डमा दलका नेता डोरमणि पाैडेल, प्रमुख सचेतक केशवराज पाण्डे, सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजंग थापा र सरस्वती बाटी रहनुभएको छ । प्रमुख सचेतक पाण्डेका अनुसार १५ सदस्यीय बोर्डमा तीन सदस्य मुख्यमन्त्री समेत रहनुभएका संसदीय दलका नेताले मनोनित गर्नुहुनेछ भने दलको उपनेता र सचेतक पदेन सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : 10:53