३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दै

३ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत माग्दै हुनुहुन्छ । मुख्यमन्त्री शाहीले भने संसदबाट विश्वासको मत लिनेगरी बुधबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको छ । चैत ५ गतेदेखि नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको थियो । आजदेखि सातौं अधिवेशन सुरु हुँदैछ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलले प्रदेशमा वर्तमान सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरिसकेको छ । संवैधानिक व्यवस्था अनुसार दलले सरकारलाई समर्थन गरेको दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ।

कर्णाली प्रदेशमा सरकार गठनका लागि २० जना सांसदको बहुमत आवश्यक पर्छ। नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना सांसद छन्। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो। कर्णालीमा माओवादी केन्द्रलाई कांग्रेसका ६ र राप्रपाका एकजना सांसद्ले सहयोग गरे पनि विश्वासको मत पुग्दैन।

प्रकाशित मिति : April 16, 2021 at 10:24 am