सामन्त गोयलको चाकरी गर्न केपी ओली विरूद्ध माओवादीको प्रोपोगाण्डा
२ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भारतीय खुफिया एजेन्सी रअका प्रमुख समान्त गोयलको चाकरी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा प्रोपोगाण्डा चलाएका छन । नेकपा माओवादी केन्द्रका नेताहरूको मुख्य लगानी गरेको एक अनलाइन मार्फत उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सामन्त गोयलको संयुक्त अपिल भन्दै हस्ताक्षरको दुरूपयोग गरेर प्रोपोगाण्डा चलाएका हुन । उनीहरूले चलाएको प्रोपोगाण्डा क्षणभरमै भ्रम रहेको पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराइले समाजिक सञ्जाल फेसबुक मार्फत समान्त गोयल र प्रधानमन्त्रीसँग जोडेर हस्ताक्षरको दुरूपयोग गरेर गरिएको प्रचार प्रोपोगाण्डा भएको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’

नेकपा एमालेका विदेश विभागका उपप्रमुख विष्णु रिजालले पनि माओवादी प्रवृतिको चर्को निन्दा गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘प्रधानमन्त्रीसँग रिस उठे आलोचना गर्ने अरू कैयौं विषय छन् । तर, विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुतस् तिनै गुप्तचर र तिनकै देशको सेवा हुन्छ । यति गम्भीर विषयमा आपत्तिजनक प्रचार गर्नुको अरू उद्देश्य त के होला र १ कम्तीमा देशको मर्यादाको त ख्याल गरौं !’
प्रकाशित मिति : 22:37









