२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले र जसपा निर्णायक छलफलमा, प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

२ वैशाख, काठमाडाैँ । सत्तारूढ नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) सत्ता समीकरणको विषयमा निर्णायक छलफलमा जुटेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरका बीचमा छलफल भए लगत्तै दुइ दलको कार्यदलको बैठक बसिरहेको छ । उक्त कार्यदलले सहमतिको खाका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णले ओली र ठाकुरका बीचमा छलफल भएको र अहिले कार्यदलको स्तरमा छलफल भैरहेको छ । यसअघिको ओली र ठाकुरबीचको छलफलमा कार्यदलका सदस्यहरू समेत सहभागी रहेका थिए । उक्त कार्यदलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण लगायत रहेका छन ।

प्रकाशित मिति : 18:13