२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाको अधिवेशन गएरातिदेखि अन्त्य भएपनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्रीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा २८ जनाको हस्ताक्षर रहेको छ । जसमध्ये कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसद रहेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : 14:06