२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

२ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएकाे छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीलाई पठाउनुभएकाे थियाे । उक्त पत्र बिहिबार बिहान कार्यालय खुलेपछि प्रदेश सभा सचिवालयमा आइपुगेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयाे । अहिले चलिरहेको संसद अधिवेसन अन्त्य भएपछि जेठमा बजेट अधिवेशन आह्वान गर्नुपर्छ।

प्रकाशित मिति : 12:06