सुरक्षाकर्मी छाडेर शेरबहादुर देउवा र प्रचण्ड महाराजगञ्जको प्रमोद राणाको घरमा
३१ चैत, काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नयाँ वर्षको पूर्व सन्धयामा महाराजञ्जको एक घरमा भेटवार्ता गरिरहेका छन । सुरक्षा स्रोतका अनुसार देउवा र प्रचण्ड दुबैले सुरक्षाकर्मी छाडेर उनीहरू भेटवार्तामा जुटेका हुन । देउवा र प्रचण्ड ग्लोबल टेलिभिजनसँगै चप्पल कारखानाको अगाडीपटी रहेको जनमार्गमा अवस्थित प्रमोद राणाको घरमा बसीरहेको स्रोतले जनाएको छ । भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोष गरेका प्रचण्ड कांग्रेस र जसपासँग मोर्चाबन्दीका लागि अनेक उपाय गरिरहेका छन । चुनावको पक्षमा रहेका देउवालाइ अहिले प्रधानमन्त्रीको ललीपप देखाएर प्रचण्डले ओली सरकारको विरूद्धमा प्रयोगको रणनीति अख्तियार गरेका छन ।
प्रकाशित मिति : 21:23









