२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माओवादी केन्द्रले गृहमन्त्री बादललाई पनि गर्‍यो कारबाही

२७ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छ । माओवादी केन्द्रले बादललाई कारबाही गरेकाे सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गर्नुभएका बादलले माओवादी केन्द्र परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयाे ।

यसअघि  एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

प्रकाशित मिति : 14:14