२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

पदमुक्त हुनुभएका चार मन्त्रीको पुनर्नियुक्ति, सपथ आजै हुने

२७ चैत, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त हुनुभएका चार मन्त्रीको पुनर्नियुक्ति र सपथ आज हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त हुनुभएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी लाई पुनर्नियुक्ति गर्न लाग्नुभएकाे हाे । उहाँहरुको साँझ ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उहाँहरूलाई पुनर्नियुक्ति दिन लागिएकाे हाे। ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले त्यतिन्जेल उहाँहरू मन्त्री बन्न पाउनुहुनेछ ।

प्रकाशित मिति : 13:29