नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, देउवा प्रधानमन्त्री बन्नुहुन्छः यादव
२६ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने बताउनुभएकाे छ । । उहाँले भन्नुभयाे,‘ढुक्क हुनुहोस, नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, अहिले त्यसको लागि सकारात्मक वार्ता भैरहेको छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात बैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाएका हुन् । उनले भने,‘हामी वर्तमान सरकारको विपक्षमा छौं । यो सरकार १०० % परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ ।’ उहाँले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभयाे । उहााले भन्नुभयाे ,‘हामी स्पष्ट छौं, नेकपा (माओवादी केन्द्र) पनि स्पष्ट छ, तर जसपामा अलिक समस्या देखिएको छ ।’ उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाई गर्न नहुनेपनि सुनाए । उनले भने,‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै संघीयता, संविधानका दफाहरुमाथि प्रहार भैरहन्छ ।

अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौं, चाँडै सहमति गरौं ।’ नेता यादवले आफ्नो पार्टी अहिलेपनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क पेश गरे । उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, मुलुकको शान्ति/सुरक्षा निष्क्रिय भएको लगायत दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री ओली बालुवाटारभन्दा अन्त कतै नगएको पनि टिप्पणी गर्नुभयाे ।
प्रकाशित मिति : 17:43







