२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

प्रचण्डमाथि व्यङ्ग्य गर्दै संसदमा महेश बस्नेतले सुनाए यस्तो ‘कविता’

२३ चैत, काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बस्नेतले कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् ।

एमाले सांसद बस्नेतले प्रचण्डमाथि टिप्पणी गर्दै भनेका छन् ‘चुनाव अगाडि गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागेँ, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनी छाडेँ, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागेँ, संसद विघटन गरेर निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल नागरिक समाज उचालेँ, अदालत गुहारेँ, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाए, सेटिङको हल्ला चलाएँ, सेटिङकाे हल्ला चलाए, संसदीय दलको नेता बनेँ, अध्यक्ष घोषणा गरेँ, ११ गतेको फैसलाले मख्ख परेँ, लड्डु खाएँ अबिर दलेँ, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वास मत फिर्ता लिन्छु भन्छु सक्दिनँ, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठनबन्धन बनाउन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस भन्दा कसैले टेर्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ, लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खाली छ, केपी ओलीको अगाडि मेरो केही लागेन , जसपा मानेन , कांग्रेस जागेन’

प्रकाशित मिति : April 5, 2021 at 2:09 pm