१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

विजय लघुवित्तको बोनस सेयरधनीको हितग्राही खातामा

२३ चैत, काठमाडाैँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । पुस २९ गते सम्पन्न संस्थाको ८औँ वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७६/७७ को १९ प्रतिशत बोनस सेयर बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

साथै सो मिति पश्चात सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयरधनीको सम्बन्धित हितग्राही उक्त सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई आपनो बोनस सेयर प्राप्त गर्नका लागिसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : April 5, 2021 at 1:24 pm