१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

माओवादीसँगको भिडन्तमा भारतमा २२ सुरक्षाकर्मीको मृत्यु

२२ चैत, काठमाडौँ । भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मी र विद्रोहीबीच ४ घन्टासम्म भिडन्त  हुँदा ३२ जना सुरक्षाकर्मी घाइते भएका छन् भने एक वेपत्ता बनेका छन् ।

विद्रोहीतर्फ कति हताहत भयो भन्ने खुलेको छैन ।  घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार १४:४५