सरकारलाई दिएको समर्थन फिर्ता लिन पछि हट्याे माओवादी
२२ चैत्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका विषयमा निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने अपेक्षा गरिएको थियो । तर, बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ ।

अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । यो बैठकको मिति यसअघिको अनौपचारिक छलफलबाटै तोकिएपनि नेताहरु अनुपस्थित भएको भन्दै स्थगित गरिएको छ । समर्थन फिर्ता लिए मुलुक निर्वाचनमा जाने भएकाले त्यसलाई रोक्न पनि दलहरुबीच सहमति नभएसम्म फिर्ता नहुने एक नेताले बताए ।
प्रकाशित मिति : 13:38









