१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

कालिका लघुवित्तको सेयरमूल्य समायोजन

२२ चैत, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

गत बिहीबार प्रतिकित्ता १४२० रुपैयाँमा कारोबार भएको सेयर नेप्सेले मूल्य समायोजन गरे पछि कालिका लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ कायम भएको छ । लघुवित्तले २०७८ बैशाख ७ गते होटल टास्क इन्टरनेशनल प्रा.लि.को सभाहल, पोखरामा दशौँ र एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ८ बजे शुरु हुनेछ। चैत्र १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउने र साधारण सभामा भाग लिन योग्य हुने छन् ।

प्रकाशित मिति : April 4, 2021 at 10:46 am