समर्थन फिर्ता गर, राजिनामा आईहाल्छ नि : प्रधानमन्त्री ओली
२१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौति दिनुभएको छ । समर्थन भने फिर्ता नलिने तर दिन दिनै राजिनामा मागिरहेको बताउदै उहाले सो चुनौति दिनु भएको हो ।
१६५ सडकको शुभारम्भ गर्दै उहाले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउनु भयो । ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन ।

माग्या माग्यै छ’, उहाले भन्नुभयो, ‘ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान संसदबाट निकास नआउने पनि बताउनु भयो । उहाले जनताको विकासका लागि वर्तमान संसदबाट काम निस्कन नसक्ने भएपछि निर्वाचनमा जान खोजिएको बताउदै नयाँ अंकगणित नभएसम्म संसदले विकासका काम अगाडी बढाउन नसक्ने स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति : 14:09









