२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रचण्डलाई सूर्य थापाको सुझावः पुनरवलोकनकाे राेइलाे सकियाे, सम्हालिनुहोस् र राजनीति गर्नुहोस्

१९ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्हालिएर साजनीति गर्न सुझाव दिनुभएकाे छ । थापाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति नदिएपछि प्रचण्डलाई सम्हालिन सुझाव दिनुभएकाे हाे ।

थापाले विहिबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएकाे छ, ‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ- सम्हालिनुहोस् र राजनीति गर्नुहोस्,’। उहाँले आफैँले भाँड्न चाहेको एकता कति प्यारो भएको भन्दै प्रश्न समेत गर्नुभएकाे छ ।

यस्ताे छ थापाकाे ट्वीटः

प्रकाशित मिति : 17:05