३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

घनश्याम भुसालको नियतिः चुनाव जित्यो कि फुटमा सक्रिय

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सूर्य थापाले पार्टीका नेता घनश्याम भुसालबारे एउटा टिप्पणी ट्वीट गर्नुभएको छ । उहाँले पार्टी फुटको गतिबिधिमा भुसालको संलग्नता संयोक नि नियति भन्ने प्रश्न समेत गर्नुभएको छ ।

बुधबार बिहान ट्वीट गर्दै थपाले भन्नुभएको छ ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो( १।२०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुप(यो ।
२।०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’

भुसाल तिनै नेता हुन जो नेकपा विभाजनमा सक्रिय रहेका थिए भने अहिले एमाले विभाजनका लागि नेता माधवकुमार नेपाललाइ उत्साहित बनाइरहेका छन । वैचारिक नेताको उपमा पाएका भुसालले जीवनमा दुइ पटकमात्र चुनाव जिते पनि दुबै पटक मन्त्री हुने अवसर समेत पाए तर मन्त्री भएर उनले देखिने गरी केही पनि काम गर्न सकेनन् ।

प्रकाशित मिति : March 31, 2021 at 9:12 am