२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

साउन १ गतेबाट बृद्ध भत्ता बढ्छ : प्रधानमन्त्री ओली

१७ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएकाे छ । प्रधानमन्त्रीले रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कुरा बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उहाँले भन्नुभयाे, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुपर्‍यो । मान्छेहरूलाई भरेबाट अर्काे छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन ।’

प्रकाशित मिति : 16:38