३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

प्रधानमन्त्री ओलीको प्रश्नः नेकपामा कतिखेर एकता थियो र अदालतले भाँड्यो ?

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा एकता नै नभएका कारण अदालतले भाँडेको भनेर भन्न नमिल्ने बताउनुभएको छ । मंगलबार काठमाडौँमा रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपामा प्राविधिक एकता भए पनि नेताहरूले एकता अनुसारको व्यवहार नदेखाएको बताउनुभयो ।

उहाँले केही नेताले अदालतले एकता भाँडेको भन्दै भाषण गरेको प्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो नेकपामा कतिखेर एकता थियो र अदालतले भाँड्यो रु उहाँले भन्नुभयो ‘आफ्नै पार्टीका प्रधानमन्त्रीविरूद्ध घेराबन्दी गर्ने, कारबाही गर्ने अनि साधारणसदस्यबाटै निकालियो भन्ने अनि अदालतले एकता भाँड्यो भन्ने रु’ उहाँले अदालतले नेकपाको आधिकारिकता विवादमा सर्वोच्चको आदेश आउनुअघि नै नेकपा विभाजित भैसकेको बताउनुभयो ।

प्रकाशित मिति : March 30, 2021 at 4:11 pm