एमालेले जारी गरेको २० पृष्ठ लामाे अन्तरपार्टी निर्देशन यस्तो छ (पूर्णपाठसहित)
१७ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्नुभएकाे छ । ओलीले गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्नभन्दै २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गर्नुभएकाे हाे ।

अपानिमा पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 15:31







