१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मंगलबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१७ चैत, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।  यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ११:२७