१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ चैत, काठमाडाैँ । नेप्सेमा सूचीकृत दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गते, मंगलबार पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १८ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आजसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे छैठौँ वार्षिक साधारण सभा चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजेबाट सुरू हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  लघुवित्तले बोनस शेयर बाँडफाँड पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजानिक निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ। बोनस शेयर र एफपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ११:१६