१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

विद्यार्थी संगठनको दबावपछि देशव्यापी बढाएको परीक्षा शुल्क घटाउन त्रिवि सहमत

१६ असार, काठमाडाैँ । विद्यार्थी संगठनहरुको दबावमा त्रिभुवन विश्विद्यालयले देशव्यापी रुपमा बढाएको परीक्षा शुल्कमा एक हजार घटाउने भएको छ। स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५०० रुपैयाँ शुल्क कायम गरि सूचना प्रकाशित गरेपछि विद्यार्थीको थियो ।

आन्दोलनरत विद्यार्थी संगठनका केन्द्रिय नेतृत्व तथा प्रतिनिधिहरु ,बिश्वबिद्धालय क्याम्पस कीर्तिपुरका संघसंगठनका अध्यक्षहरु र त्रिवि पदाधिकारी तथा डिनहरुबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको अनेरास्ववियु बिश्वबिद्यालय क्याम्पस कमिटी अध्यक्ष मदन बिष्टले जानकारी दिए ।

उक्त डेलिकेसन पश्चात त्रिविले शुक्रबार विश्वविद्यालयका रेक्टर अध्यक्षतामा पदाधिकारी र विद्यार्थी संगठनका नेताहरुबीच छलफलमा बोलाएको थियो । छलफल पछि शुल्क घटाउने निर्णय भएको बिष्टले बताए ।  शुल्क बृद्धिको खारेज माग गर्दै अखिल र अखिल (क्रान्तिकारी) केन्द्रिय कमिटीले आन्दोलन गर्ने चेतावनी दिदै विश्वविद्यालयका उप- कुलपति डेलिगेसन दिएका थिए ।

  

प्रकाशित मिति : १६ असार २०७५, शनिबार १०:३२