३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

अनेरास्ववियु नुवाकोटले पाँच हजार सदस्यता वितरण गर्ने, जेठमा अधिवेशन

१५ चैत, नुवाकोट । नेकपा एमाले सम्वद्द विध्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको १७ औ जिल्ला अधिवेशन ७८ जेठ २८ र २९ मा हुनेभएको छ। अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको आज नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा बसेको बैठकले भेलाको मिति तय गरेको हो।

नेकपा एमालेका युवा नेता विष्णु दाहाल र राजु तिवारीकोको उपस्थितिमा अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी अध्यक्ष विष्णुहरि रिमाल सत्यको अध्यक्षतामा बसेको बैठकले ५००० सदस्यता वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला सचिव प्रशान्त जंग पाण्डेले जानकारी दिनुभयो।

विध्यार्थीको हकहित अधिकार प्रतिष्ठा प्राप्ति संरक्षण एवं सम्वर्दनमा दृढताका साथ लाग्न एमाले नेता तिवारीले बैठकलाई निर्देशन दिएका छन्। बैठकलाई एमाले युवा नेता बाशुदेव गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य पवन प्याकुरेल लगायत नेताले संगठनलाई गतिशिल बनाउन निर्देशन दिएका छन्।

प्रकाशित मिति : March 28, 2021 at 11:44 am