फागुजस्ता पर्वले आपसी सद्भाव र आत्मियता थप वृद्धि गर्छः मन्त्री ढकाल
१५ चैत, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले फागु पूर्णिमाको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले फागु पूर्णिमाको अवसरमा शुभकामना दिनुहुँदै यस्ता पर्वहरूले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सघाउ पुर्याउने बताउनुभएको छ ।
मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड १९ संक्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुराेध गर्नुभएको छ । उहाँले सत्यको विजयको प्रतिकको रुपमा यो पर्व मनाइने गरेको उल्लेख गर्नुभएको छ ।

मन्त्री ढकालले सन्देशमा भन्नुभएको छ ‘नेपालमा आज पहाडि क्षेत्रमा र भोली तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रंगहरुको प्रयोग गरेर मनाइदै गरेको २०७७ सालको फागु पर्व (होली)को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । सत्यको विजयको प्रतिकको रुपमा यो पर्व मनाइन्छ । यो पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्नुका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कोभिड १९ संक्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन सबैमा अनुरोध गर्दछु ।’
प्रकाशित मिति : March 28, 2021 at 11:28 am









