२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रदेश १ का मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्दै, को-काे बन्दैछन् मन्त्री र राज्यमन्त्री ?

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । पुनर्गठनमा माओवादीबाट हालै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिएका छन् भने उषाकला राई सामाजिक विकास मन्त्री बनेकी छिन् । यस्तै अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र राम राना कृषि मन्त्री बनेका छन् ।

कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै राईविरुद्ध अविश्वासको प्रस्तावमार्फत हटाउने कोशिश गरेका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई अवैध ठहर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि मुख्यमन्त्री राई एकल बहुमतप्राप्त मुख्यमन्त्री बनेका छन् । हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन्। त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन्।

प्रकाशित मिति : 12:41