१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

देउवाको उपस्थितिमा कांग्रेसको झण्डा गाडेर यसरी गरियो रोपाइँ (फोटोफिचर)

१५ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा कांग्रेसले किसानको खेतमा चारतारे झण्डा गाडेर रोपाइँ महोत्सव मनाएको छ ।

नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा शुक्रबार बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा सभापति देउवाले धानको विउ समेत रोपेका थिए । कार्यक्रमा सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए । उनले सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै धान दिवसले संस्कृतिको पहिचान स्थापित गरेको बताए । तस्बीरहरूः प्रदीपराज वन्त/रासस

 

 

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार १९:१३