१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ चैत,काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यकढेकाे छ । बिहीबार सुनकाे मूल्य २ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनकाे मूल्य तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन  तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलाको १२४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १२३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ११:२४