२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नुवाकोट प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता शुरु

११ चैत, नुवाकोट । जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी छन् । जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु.१० हजारसहित पुरस्कार प्रदान गरिने छ ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताउनुभयो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले खेलकूद र खेल संरचनामा नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेको बताउनुभयो । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १५:४९