१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

ज्योति लाइफ इन्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

११ चैत, काठमाडाैँ । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) चैत्र १३ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालय नागपोखरी, काठमाडौँमा हुनेछ ।


मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ज्योति लाईफ इन्योरेन्सकाे आईपीओमा १८ लाखले आवेदन दिएका छन्। गाेलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदककाे भने हात खालि हुनेछ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १५:३९