१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सारथी नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्ने

११ चैत, काठमाडाैँ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित बार्हाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । चैत्र ९ गते साेमबार बसेकाे
संस्थाकाे  सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ ।  सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ।

यसका साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १०:३३