१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

किसान लघुवित्तको कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

१० चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । मूल्यमा प्रभाव पार्ने गरी गलत सूचना प्रकाशित गरेको भन्दै नेप्सेले मंगलबारदेखि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको हाे। प्सेले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि किसान लघुवित्तलाई निर्देशन दिएको छ ।

किसान लघुवित्तले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समावेश गरेको थियो । तर चैत ९ गते हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर फेरि साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको थियो । यसरी मूल्यमा प्रभाव पार्ने गरी वार्षिक साधारणसभाको सूचना संशोधन गरी प्रकाशित गरेको भन्दै नेप्सले किसान लघुवित्तको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको हो। नेप्सेले पठाएको पत्रमा के–कति कारणले हकप्रदको एजेण्डा राखेर पुनः हटाएको र हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव किन समयमा नै जानकारी दिन नसकेको हो ? भन्ने विषयमा स्पष्ट पार्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : March 23, 2021 at 1:03 pm