१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सुर्योदय लघुवित्तले एफपिओ निष्कासन गर्ने

१० चैत, काठमाडाैँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा हुँदैछ । त्यसैगरी, सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १५.३४५७७ प्रतिशत बोनस सेयर र ०.८०७६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

प्रकाशित मिति : March 23, 2021 at 10:42 am