२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रचण्डले लाजमर्दाे राजनीति गरेः कमल थापा

९ चैत, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले​ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाजमर्दो राजनीति गरेकाे बताउनुभएकाे छ। साेमबार​ सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले यस्तो लेख्नुभएकाे हाे ।

थापाले लेख्नुभएकाे छ, ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशकाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ’ ।

​थापाले यस्तो गम्भीर आरोप लगाउँदा पनि प्रचण्डले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेर लाजमर्दो राजनीति गरेको बताउनुभएकाे छ ।

यस्ताे छ थापाकाे ट्वीटः

प्रकाशित मिति : 13:00