२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

माधव, भीम, सुरेन्द्र र घनश्यामसँग स्पष्टिकरण सोध्ने एमालेको निर्णय

७ चैत, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पाँच नेतासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकले नेताहरू माधव नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूले एमालेको नीति विपरित अभिव्यक्ति दिने नेताहरूको बिरूद्धमा सोही किसिमका गतिबिधि गर्दै आएका छन ।  पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो । बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ ।

प्रकाशित मिति : 18:36