एमाले मुख्यालयको शिलान्यास वैशाखमा, ओली र पोखरेललाई स्थायी कमिटी पुनर्गठनको अधिकार
७ चैत, काठमाडाैँ । नेकपा (एमाले)को मुख्यालयको शिलान्यास बैशाखमा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले बैशाख ९ गतेको दिन मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको हो । बैठकले पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने छ । बैठकले स्थायी कमिटीको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । स्थायी कमिटीको पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेललाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : 18:19









