नेकपा एमालेको बैठकमा बामदेव गाैतम पनि सहभागी
७ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ चुनाव चिन्ह सूर्य बुझाउने प्रयास असफल भएपछि बैठकबाट भागिरहेका माधवकुमार नेपालहरूले बहिष्कार गरेको बैठकमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम सहभागी हुनुभएको छ ।

बैठकमा सहभागी भएकाहरूका अनुसार बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी गौतम सहभागी हुनुभएको छ । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभएको हो । उहाँ केन्द्रीय कमिटीको बैठकमा पनि सहभागी हुनुहुनेछ ।
प्रकाशित मिति : 12:55







