३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मलेखु बजार बन्यो डिजिटल बजार, अबदेखि हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने

६ चैत, काठमाडाैँ । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गर्नुभयो । उहाँले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड समेत हस्तान्तरण गर्नु भयो ।

यो सँगै मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार २०:०८