२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्छः उपनेता नेम्वाङ

६ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उप–नेता शुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ रहेको बताउनुभएको हो । हालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उहाँले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम नै अगाडी बढ्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले सरकार जुन आधारमा उभिएको छ ।

त्यो आधार अहिले विभाजित भएको छ तर विभाजन पश्चातको जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ । जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधान बमोजिम अगाडी बढ्छ । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधान बमोजिम स्थापित मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ हुनुहुन्छ ।’

प्रकाशित मिति : 19:47