शुक्रबार बस्ने प्रतिनिधि सभा बैठककाे कार्यसूची सार्वजनिक, प्रधानमन्त्री ओलीले दुई प्रतिवेदन पेश गर्ने
५ चैत, काठमाडौँ । शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची तय भएको छ। शुक्रबार बस्ने बैठकमा संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची रहेकाे छ ।

प्रकाशित मिति : 17:27









