२४ सदस्यीय एमाले संसदीय बोर्ड गठन, को-को छन् सदस्य ?
५ चैत, काठमाडाैँ । नेकपा एमालेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत हुनु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । नेकपा एमालेको संसदीय बोर्डको प्रमुखमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ । सदस्यहरुमा सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी रहनु भएको छ ।

त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत हुनु भएकाे छ । बोर्डका अन्य सदस्यमा सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहनु भएको छ । बैठकले चैत्र सात गते विहान बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन सबै सांसदलाई निर्देशन पनि दिएको छ । बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिनुभयाे।
प्रकाशित मिति : 14:22









