१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेस सांसद मोहन अाचार्यको रसुवा कन्सट्रक्सन कालोसूचीमा ! पाएको ठेक्का पनि रद्द हुँदै

१५ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद मोहन अाचार्यको रसुवा कन्सट्रक्सन कालोसूचीमा पर्ने भएको छ । राजनीतिक प्रभावका ठेक्का लिने तर काम नगर्ने परिपाटीका कारण रसुवा कन्सट्रक्सन कालाेसूचीमा पर्न लागेको हो । ठूला ठेक्काहरूमा विभिन्न ६ ठूला ठेकेदारहरुले सिण्डिकेट लाद्दै अाएका छन ।

शक्तिकेन्द्रहरूको प्रभावमा ठेक्का पार्ने तर पेटी ठेकदार लगाएर काम गर्ने र भद्रगोल बनाउने कन्सट्रक्सन कम्पनीलार्इ कालाेसूचीमा राख्न सडक विभागले पक्रिया अघि बढाएको छ । सडक विभाग अन्तरगतको पुष्पलाल मध्यपहाडी लोकमार्गले सूचना प्रकाशन गर्दै रसुवा कन्सट्रक्सनका मालिक समेत रहेका सांसद आचार्यको कम्पनी सहितका अन्य दश वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो ।

सडक विभागले पुष्पलाल मध्यपहाडी लोकमार्गका बिभिन्न खण्डमा ठेक्का हात पारेर काम नगर्ने १० वटा कम्पनीसँगको ठेक्का रद्ध गरि कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाएको सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । अचार्यको रसुवा कम्सट्रक्सनसहित पर्साबाट प्रतिनिधीसभामा  संघीय फोरमका तर्फबाट विजयी बनेका हरि नारायण रौनियारको पप्पु कन्सट्रक्सन, कांग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामाको विरुवा कन्सट्रक्सन पनि रहेको छ ।

सडक विभागले १५ दिन भित्र ठेक्का सम्झौता अनुसार काम सुरु नहुनुको कारणसहित स्पष्टिकरण दिन अाग्रह गरेको छ । चित्त बुझ्दो जवाफ नआएमा ठेक्का सम्झौता रद्द गरि कालोसूचिमा राख्ने तयारी गरिएको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

–कांग्रेस सांसद आचार्यको ठेकेदारी असफलता, सडकको काम समयमा नगर्दा जनतालाई दिनहुँ सास्ती 

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार १४:४३